Information is intelligence
HomeSportsयुभेन्टसमाथि बार्सिलोनाको सहज जित

युभेन्टसमाथि बार्सिलोनाको सहज जित

- Advertisement -spot_img

एजेन्सी। बार्सिलोनाले सन् २०२१/२२ सिजन उत्कृष्ट तरिकाले सुरुवात गरेको छ । वार्षिकरुपमा खेलिने जोआन ग्याम्पर ट्रफीमा बार्साले युभेन्टसलाई ३–० गोलले पराजित गरेको हो ।

लियोनेल मेस्सीले क्लब छाडेपछिको पहिलो खेल एस्टाडी जोहान क्रायफ मैदानमा ३ हजार समर्थकसामु खेलिएको थियो । खेलको शुरुवातमा समर्थकहरुले मेस्सीको नाम लिँदै मैदान गुञ्जाएका थिए । मेस्सीबिना मैदानमा उत्रेको बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्दै समर्थकहरुलाई राहत दिएको थियो । 

बार्सिलोनाले तेस्रो मिनेटमै मेम्फिस डिपाएको गोलबाट अग्रता लियो। ५७औं मिनेटमा मार्टिन ब्रेथह्वाइटले अग्रता दोब्बर बनाए। अन्तिम मिनेटमा रिकार्ड पुइगले तेस्रो गोल थपेपछि बार्सिलोनाले सहज जित निकालेको हो। क्रिष्टियानो रोनाल्डोको युभेन्टसले गोल फर्काउन सकेन। बार्सिलोनाले १५ अगष्टमा रियाल सोसिडाडविरुद्धको खेलबाट लिगको नयाँ सिजन सुरु गर्नेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु