Information is intelligence
HomeShare Bazarसानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिनेको संख्याले राख्यो नयाँ रेकर्ड, कति पर्यो आवेदन...

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिनेको संख्याले राख्यो नयाँ रेकर्ड, कति पर्यो आवेदन ?

- Advertisement -spot_img

काठमाडौं |  सानिमा लाइफ इन्स्योरेन्समा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिनेको  संख्याले नयाँ रेकर्ड राखेको छ। सानिमामा  हालसम्मकै उच्च २४ लाख १९ हजार १२७ जना लगानीकर्ताले आवेदन दिएका छन्। 

आइतबार अन्तिम दिनसम्ममा ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। 

सर्वसाधारणलाई बिक्री गरिएको ५४ लाख कित्तालाई आधार मान्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने छन्। १८ लाख ७९ हजार १२७ जना भने आईपीओ पाउनबाट बञ्चित हुनेछन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु