Information is intelligence
HomePoliticsदेउवाजस्ता असफल व्यक्तिलाई बारम्बार सत्ताः रामचन्द्र पौडेल

देउवाजस्ता असफल व्यक्तिलाई बारम्बार सत्ताः रामचन्द्र पौडेल

- Advertisement -spot_img

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस निर्वाचन आयोगसँग भिख माग्ने बनाएको भन्दै आक्रोश पोखेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् नेता पौडेलले नेतृत्वकै कारण अहिलेको अवस्था सिर्जना भएको दुखेसो पोखेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई असफलतातिर लगेको आरोपसमेत पौडेलले लगाएका छन् । पौडेलले देउवाकै कारण अहिले पार्टी निर्वाचन आयोगसँग भिख माग्नुपर्ने अवस्थामा पुगेको आरोप लगाएका छन् ।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थित भनेर एक वर्ष थपियो । देशको संविधानलाई समेत ६ महिना बढाइयो,’ पौडेलले भने, ‘आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ ।’

त्यस्तै, पौडेले प्रधानमन्त्री देउवाप्रति इंगित गर्दै असफल व्यक्तिहरु नै बारम्बार सत्ता सम्हाल्न पुग्ने गरेको आरोप लगाएका छन् । उनले भने, ‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु