Information is intelligence
HomeEducationपरीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन

परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन

- Advertisement -spot_img

परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन भएको छ । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका थिए । 

उनीहरुले कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले भने परीक्षा जारी राखेको भन्दै आपत्ति जनाएका थिए ।  विद्यार्थी प्रनिशा बानियाँले अहिले जारी रहेको परीक्षा कुनै स्वास्थ्य मापदण्ड पालना बिनै सञ्चालन गरिएको भन्दै तत्काल भौतिक रुपमा लिइने परीक्षा स्थगित भरेर वैकल्पिक माध्यम अपनाउन माग गरिन् । 

कोरोना कहरका बीच परीक्षा सञ्चालन गरिएको भन्दै ट्वीटरमा #क्यान्सिलटीयूएक्जाम ट्रेन्डिङ मै परेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु