Information is intelligence
HomeAgricultureतरकारी खेतीबाट साढे २० करोड आम्दानी

तरकारी खेतीबाट साढे २० करोड आम्दानी

- Advertisement -spot_img

सल्यान : ताजा तरकारीबाट जिल्लाले २० करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । यस वर्ष २ हजार ५ सय २५ मेट्रिक टन ताजा तरकारी निकासी भएको कार्यालयले जनाएको छ ।जिल्लाबाट करिब ८८ करोड रुपैयाँको कृषि तथा वनजन्य वस्तु निकासी भएको छ ।
सल्यानको कपुरकोट हाटबजारमा कृषिजन्य वस्तु खरिद गर्नेको भीड ।

यो वर्ष सबैभन्दा बढी अदुवा निकासी भएको छ । कृषि विकास कार्यालयका अनुसार अदुवा १५ हजार २ सय ७२ मेट्रिक टन निकासी भएको हो । त्यसबाट जिल्लामा ३६ करोड ५३ लाख रुपैयाँ भित्रिएको छ ।

कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतका अनुसार आलुबाट ५ करोड २ लाख रुपैयाँ, बेसारबाट २ करोड ६९ लाख रुपैयाँ र सुन्तलाबाट ७ करोड ८५ लाख रुपैयाँ जिल्लामा भित्रिएको छ । जिल्लाले यस वर्ष खाद्यान्नसमेत निर्यात गरेको छ । २३ लाख ६४ हजार रुपैयाँको मकै, १२ लाख ६० हजार रुपैयाँको कोदो र ३० लाख रुपैयाँको बदाम निकासी भएको छ । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकासीमा करिब ८ करोड रुपैयाँ घटेको छ ।

‘कोरोनाले बाहिरबाट खरिदकर्ता कम आएकाकाले निकासीमा कमी आएको सूचना अधिकारी बस्नेतले बताए । ‘उत्पादित वस्तु निकासी हुन नपाउँदा किसान मर्कामा परेका छन् ।’ वन पैदावर पनि उल्लेख्य मात्रामा निकासी हुने गरेको छ । डिभिजन वन कार्यालयका अनुसार टिमुर मात्र १४ करोड ५६ लाख रुपैयाँको बिक्री भएको छ । कार्यालयका सूचना अधिकारी विजय पुलामीले ४ लाख १६ हजार २ सय ५० केजी टिमुर निकासी भएको जानकारी दिए । उनका अनुसार करिब ३ लाख केजी वन पैदावर निकासी भए पनि त्यसको विवरण आउन बाँकी छ । कोरोनाको कारण वन पैदावरको निकासी पनि घटेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु