Information is intelligence
HomeBrandसामसुङले बुधबार नयाँ फोल्डेबल फोन सार्वजनिक गर्दै

सामसुङले बुधबार नयाँ फोल्डेबल फोन सार्वजनिक गर्दै

- Advertisement -spot_img

काठमाडौं | सामसुङले आफ्नो वार्षिक कार्यक्रम ‘ग्योलेक्सी अनप्याक्ड’ आउँदो अगस्ट ११ अर्थात यही बुधबार सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई आमन्त्रण गर्नुका साथै सो इभेन्टको टिजर सार्वजनिक गर्दै कम्पनीले यसबारे जानकारी दिएको छ ।

बुधबार साँझ नेपाली समयअनुसार ७ः४५ देखि हुने इभेन्टमा कम्पनीले आफ्ना विभिन्न नयाँ उत्पादन सार्वजनिक गर्ने जनाइएको छ । जसमा बहुप्रतिक्षित फोल्डेबल फोन ग्यालेक्सी जेड फोल्ड थ्री र ग्यालेक्सी जेड फिल्प थ्री सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

कम्पनीले सार्वजनिक गरेको टिजरमा देखाइएको फोल्ड आकारको स्क्रिनले उक्त दिन कम्पनीले फोल्डेबल फोन सार्वजनिक गर्ने अनुमान गरिएको हो ।

साथै ग्यालेक्सी वाच ४, ग्यालेक्सी वाच ४ क्लासिक तथा ग्यालेक्सी बड्स २ पनि सार्वजनिक हुने अनुमान गरिएको छ ।

उक्त कार्यक्रम भर्चुअल माध्यमबाट हुने भएकाले अनलाइनबाट कार्यक्रममा सहभागी हुन सकिने छ । कम्पनीका अनुसार उक्त कार्यक्रम कम्पनीको आधिकारिक युट्युव च्यानल तथा वेबसाइटमार्फत हेर्न सकिने छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु