Information is intelligence
HomeShare Bazarसोमबार नेप्सेमा ८ कम्पनीको सर्किट ब्रेक हुँदा यी हुन् सबैभन्दा बढी कमाउने...

सोमबार नेप्सेमा ८ कम्पनीको सर्किट ब्रेक हुँदा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

सोमवार शेयर बजार सामान्य अंकले वृद्धि भएको छ ।

यस दिन नेप्से परिसूचक १.४७ अंकले बढ्दै ३१०९.६० विन्दुमा पुगेको छ।

कुल २ सय २४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६ सय ९९ कित्ता शेयर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८ सय ८१ रुपैयाँ बराबरमा खरिदबिक्री भएका छन् । 

यस दिन जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, अन्य तथा जीवन बीमा समूहको सूचक बढेको छ भने बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा निर्माण, माइक्रोफाइनान्स, मुचुअल फण्ड तथा इन्भेष्टमेन्ट समूहको सूचक घटेको छ । 

सोमवार विभिन्न ८ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भई सर्किट ब्रेक लागेको छ ।

आइसीएफसी फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, युनियन हाइड्रोपावर लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, न्यादी ग्रुप पावर लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दा सर्किट ब्रेक लागेको हो । 

कारोबार रकमका आधारमा सोमवार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ६६ करोड ९९ लाख २० हजार ६ सय १३ रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । 

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु