Information is intelligence
HomeLoksewaलोकसेवा आयोगको कुनै पनि परीक्षा नरोकिने, कहिले–कहिले छ परीक्षा ?

लोकसेवा आयोगको कुनै पनि परीक्षा नरोकिने, कहिले–कहिले छ परीक्षा ?

- Advertisement -spot_img

लोकसेवा आयोगका कुनैपनि परीक्षाहरु नरोकिने भएका छन् । कोरोना भाइसरको महामारीबाट लोकसेवा आयोगको कुनैपनि परीक्षालाई असर नगर्ने भन्दै परीक्षा संचालन गर्ने भएको हो ।

कोरोना बढ्दो अवस्थालाई मध्यनजर गर्दै सरकारले कक्षा १२ को परीक्षा रोकेको भएपनि लोकसेवाको परीक्षा भने नरोकिने भएको हो । लोकसेवा आयोगले तालिका प्रकाशन भइसकेकोले उक्त परीक्षाहरु निर्धारित समयमै हुने जनाएको छ ।

कतिपय परीक्षाहरु संचालनमै रहेकोले त्यसले निरन्तरता पाउने र बाँकी परीक्षाहरु पनि निर्धारित समयमै हुने आयोगको भनाइ छ । लोकसेवा आयोगका अनुसार आ व २०७६/०७७ र आ.व. २०७७/०७८ मा खुलाइएको बिज्ञापनको परीक्षा भइरहेका छन् ।

उक्त बिज्ञापनका परीक्षाहरु साउन १५ गतेदेखि असोज २३ गतेसम्म सन्चालन गर्न तालिका निकालेको छ । लोकसेवा आयोगको यो निर्णयले परीक्षार्थीलाई राहात भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु