Information is intelligence
HomeShare Bazarमैलुङ खोला जलविद्युतको आईपीओ आज विहान बाँडफाँड हुने, यसरी हेर्नुहोस रिजल्ट

मैलुङ खोला जलविद्युतको आईपीओ आज विहान बाँडफाँड हुने, यसरी हेर्नुहोस रिजल्ट

- Advertisement -spot_img

मैलुङ्ग खोला जलविद्युतको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओको प्रि–अलोटमेन्ट सकिएको छ ।

प्रि–अलोटमेन्ट सकिएकाले आज बिहान ९ बजे नै शेयर बाँडफांड गर्ने तयारी रहेको क्यापिटलले जनाएको छ ।  रितपूर्वक आवेदन दिएका कुल संख्यामध्ये ६८ हजार ४७४ जनाले १० कित्ताको दरमा सेयर पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । कुल सेयरमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुका लागि र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणलाई निष्काशन हुने गरेको थियो ।

कम्पनीको सेयर बाँडफाँटको नतिजा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु