Information is intelligence
HomeSportsबजाज पल्सरको मुख्य प्रायोजनमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग

बजाज पल्सरको मुख्य प्रायोजनमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग

- Advertisement -spot_img

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगितालाई बजाज पल्सरले मुख्य प्रायोजन गरेको छ। सोमबार ईपीएल र बजाज पल्सरको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले मुख्य प्रायोजक सम्बन्धी सम्झौता गरेका हुन्। ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। 

असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको नाम ‘बजाज पल्सर ईपीएल’ हुनेछ। सम्झौता रकम भने गोप्य राखिएको छ। सम्झौतापछि बोल्दै अध्यक्ष गोल्छाले नेपाली खेलकुद अगाडि बढोस् भनेर कोरोना भाइरसको महामारीको समयमा पनि ईपीएलसँग जोडिएको बताए। ‘पछिल्लो समय क्रिकेट युवाहरूको रोजाई बनेको छ। त्यसैले हामीले नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ईपीएलका लागि मुख्य प्रायोजक गरेका छौं’, अध्यक्ष गोल्छाले भने। ईपीएलका प्रबन्ध निर्देशक अख्तरले पल्सरसँग जोडिएपछि नयाँ यात्रा सुरु भएको बताए। उनले सरकारको स्वास्थ्य सम्बन्धी निर्देशन पालना गर्दै प्रतियोगिता सञ्चालन गरिने बताए। 

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ। साविक विजेता ललितपुर प्याट्रियट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्ने छन्। सोही कार्यक्रममा ईपीएलको ट्रफी सार्वजनिक गरिएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु