Information is intelligence
HomeSportsलिभरपुलले ओसासुनामाथि ३–१ गोलको जीत दर्ता

लिभरपुलले ओसासुनामाथि ३–१ गोलको जीत दर्ता

- Advertisement -spot_img

एजेन्सी-रोबर्टो फिर्मिनोले दुई गोल गरेपछि प्रि–सिजनअन्तर्गत चौथो मैत्रीपूर्ण खेलमा लिभरपुलले जीत दर्ता गरेको छ । सोमबार राति आफ्नै मैदान एन्फिल्डमा लिभरपुलले स्पेनिस क्लब ओसासुनामाथि ३–१ गोलको जित निकालेको हो ।

लिभरपुलको जितमा फिर्मिनोले दुई गोल गरेका थिए भने एउटा आत्मघाती गोल लिभरपुलले उपहारमा पाएको थियो । ओसासुनाका जेसस अरेसो ब्लान्कोले आफ्नै पोस्टमा गोल गरेका थिए ।यता, ओसासुनाका लागि किकेले एक गोल गरे ।

लिभरपुलले प्रिमियर लिग तथा ओसासुनाले ला लिगाको तयारीस्वरूप उक्त मैत्रीपूर्ण खेल खेलेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु