Information is intelligence
HomeEconomyअर्थमन्त्री शर्माद्वारा आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ सार्वजनिक गरिँदै

अर्थमन्त्री शर्माद्वारा आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ सार्वजनिक गरिँदै

- Advertisement -spot_img

काठमाण्डौ : अर्थमन्त्री जनार्दन शर्माले आज ‘अर्थतन्त्रको यथार्थ पत्र’ ल्याउने भएका छन् ।

अर्थमन्त्री शर्माले आज देशको आर्थिक स्थितिबारे जानकारी गराउन प्रतिनिधि सभामा यथार्थ पत्र सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ । अर्थमन्त्री शर्माले हिजो नै प्रधानमन्त्री शेरबहादुर देउवालाई यथार्थ पत्रको विषयमा जानकारी गराएका थिए ।

सामान्यतः नयाँ सरकार आउँदा सरकारले वा कुनै मन्त्रीले वर्तमान स्थितिका विषयमा जानकारी दिन श्वेतपत्र सार्वजनिक गर्ने चलन छ ।

त्यही अनुसार अर्थमन्त्रीले यथार्थ पत्रका रूपमा श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु