Information is intelligence
HomeNewsदुईपटक विघटन गरेको प्रतिनिधिसभामा सम्बोधन गर्दै ओली

दुईपटक विघटन गरेको प्रतिनिधिसभामा सम्बोधन गर्दै ओली

- Advertisement -spot_img

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ।

पूर्व प्रधानमन्त्री ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेपनि सर्वोच्च अदालतले विघटनको फैसला उल्टाउँदै दुवैपटक प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो।

असार २८ गते सर्वोच्च अदालतले दोस्रोपटक प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश दिएको थियो। सर्वोच्चको आदेशसँगै ओली बर्खास्त भएका थिए।

निवर्तमान प्रधानमन्त्रीको हैसियतमा ओली देउवाको सपथ ग्रहण कार्यक्रमा पुगेका थिएनन् भने पुनर्स्थापनापछि बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा ओलीले सम्बोधन गरेका थिएनन्।

विपक्षी दलको नेताले सम्बोधन गर्ने संसदीय प्रणाली विपरित ओली संसद भवनमै उपस्थित भएपनि सम्बोधन नगरेपछि उनको आलोचना भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु