Information is intelligence
HomeNewsविद्यार्थीलाई खोपको व्यवस्था गर्न पाँच विद्यार्थी संगठनको माग

विद्यार्थीलाई खोपको व्यवस्था गर्न पाँच विद्यार्थी संगठनको माग

- Advertisement -spot_img

पाँच विद्यार्थी संगठनले परिक्षा चलिरहेका विद्यार्थीलाई खोप लगाएर मात्र परीक्षामा सहभागी हुने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सोमबार संयुक्त विद्यार्थी संगठनको तर्फबाट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी ज्ञापनपत्र बुझाएकाछन् । देशभरका विद्यार्थीहरूलाई खोप नलगाएको र स्वास्थ सुरक्षा अपनाउन नसकेको कारण कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै विद्यार्थीहरूलाई तत्काल खोप उपलब्ध गराउन माग गरि ज्ञापनपत्र बुझाएको नेविसंघका महामन्त्री युवराज पाण्डेले जानकारी दिए ।

सत्तारुढ दल निकट विद्यार्थी संगठनहरु नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँका विद्यार्थी नेताहरुले स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बिद्यार्थीलाई खोपको माग गरिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु