Information is intelligence
HomeSportsनेम्वाङ र प्रशिक्षक अब्दुल्लाह बीचको विवाद छानबिन समितिले आज चार जनासँग बयान...

नेम्वाङ र प्रशिक्षक अब्दुल्लाह बीचको विवाद छानबिन समितिले आज चार जनासँग बयान लिदै

- Advertisement -spot_img

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आन्तरिक विवादमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्ले बनाएको समितिले आफ्नो काम सुरु गरेको छ ।

समितिले आज चार जनालाई बयानका लागि बोलाएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विवाद बढेपछि एन्फाकै आग्रहमा युवा तथा खेलकुद मन्त्रालय हुँदै खेलकुद परिषद्ले छानबिनको जिम्मेवारी पाएको हो ।

बयानका लागि १२ जनालाई पत्र काटिएकोमा पहिलो दिन आज चार जनालाई बोलाइएको स्रोतले जनाएको छ । प्रशिक्षक अब्दुल्लाहले वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण काम गर्न अप्ठेरो परेको भन्दै राजिनामा दिने घोषणा गरेपछि एन्फाको आन्तरिक विवाद छरपष्ट भएको थियो ।

यही विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको हो । समितिले आज एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, पूर्व प्रवक्ता किरण राई, उपाध्यक्ष कृष्ण थापा र राखेपकी फुटबल चिफ कोच अरुणा गुरुङसँग बयान लिन लागेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु