Information is intelligence
HomeEducationसाउन २८ र २९ गते हुने मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाका लागि केन्द्र...

साउन २८ र २९ गते हुने मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाका लागि केन्द्र तोकियो

- Advertisement -spot_img

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा यही साउन २८ र २९ गते हुने भएको छ ।

कम्प्युटरमार्फत हुने परीक्षाको केन्द्र पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा सञ्चार केन्द्रमा तोकिएको छ । साउन २८ गते बिहान १० बजेदेखि रोल नम्बर २१०८२०३२१ देखि २१०८२०६४० सम्म र सोही दिन दिउँसो ३ बजेदेखि २१०८१०००१ देखि २१०८१०१९६ सम्मको परीक्षा हुनेछ ।

यस्तै, २९ गते बिहान १० बजेदेखि रोल नम्बर २१०८२०००१ देखि २१०८२०३२० सम्म र दिउँसो ३ बजेदेखि २१०८२०६४१ देखि २१०८२०९६० सम्मको परीक्षा हुनेछ । १८० पूर्णांकको परीक्षा समय तीन घण्टा रहेको काउन्सिलले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु