Information is intelligence
HomeEconomy१३ कम्पनीको शेयर १० प्रतिशतले बढ्दा यी हुन् सबैभन्दा बढी कमाउने र...

१३ कम्पनीको शेयर १० प्रतिशतले बढ्दा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

काठमाण्डाै | शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५१.९७ अङ्कले बढेको छ । नेप्से आज ३१६१.५६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर ३९ अङ्कले, विकास बैंकको चार सय ६ अङ्कले, फाइनान्सको एक सय ९० अङ्कले र माइक्रोफाइनान्सको ७३ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर दुई सय ११ अङ्कले, निर्जीवन बीमा समूहको शेयर एक सय ४२ अङ्कले, उत्पादनको ४४ अङ्कले र अन्य समूहको शेयर आठ अङ्कले बढेको छ । पछिल्ला केही दिन निरन्तर बढिरहेको जलविद्युत् समूहको शेयर आज भने घटेको छ ।

आज बेस्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, सिन्धु विकास बैंकलगायत १३ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यस्तै पाँच कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज दुई सय २५ कम्पनीका ३ करोड ३५ लाख ३५ हजार कित्ता शेयर १७ अर्ब ८४ करोड ६१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ८९ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  

आज सबैभन्दा बढी कमाउने कम्पनीहरु

आज सबैभन्दा बढी गुमाउने कम्पनीहरु

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु