Information is intelligence
HomeSportsआजबाट पोखरामा फुटबल टिमको बन्द प्रशिक्षण

आजबाट पोखरामा फुटबल टिमको बन्द प्रशिक्षण

- Advertisement -spot_img

राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आजबाट (बुधबार) पोखरामा सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजबाट पोखरा रंगशालामा टिमको प्रशिक्षण सुरु हुने जनाएको छ ।

१० दिनको विश्रामपछि नेपाली टिमले पोखरामा प्रशिक्षण सुरु गर्न लागेको हो । साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ  ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ 

साफ च्याम्पियनसिप अघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु