Information is intelligence
HomePoliticsएमसीसी पास गर्न राष्ट्रिय सहमति आवश्यक : सभामुख सापकोटा

एमसीसी पास गर्न राष्ट्रिय सहमति आवश्यक : सभामुख सापकोटा

- Advertisement -spot_img

काठमाडौँ – सभामुख अग्नि सापकोटाले अमेरिकी सहयोग परियाजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)मा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । सञ्चारकर्मीहरूसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । एमसीसी परियोजना जनताको घर–घरसम्म जोडिएको विषय भएकाले यसमा राष्ट्रिय सहमति बनेपछि मात्र अगाडि बढाइनुपर्ने आफ्नो धारणा भएको स्पष्ट पारे ।

‘एमसीसी पारित गर्न राष्ट्रिय सहमति आवश्यक हुन्छ, त्यो नभए पनि कमसेकम संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरूबीच समझदारी हुन आवश्यक छ,’ उनले भने । १३ साउनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले, ‘यो सरकारले एमसीसी पारित गरेर राष्ट्रघाती कदम चाल्न लागेको,’ भन्दै यही हालतमा एमसीसी पारित गरे आफ्नो दलले गठबन्धन छोड्ने चेतावनी दिएका थिए ।

१५ साउनमा प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमाले सांसद भीम रावलले पनि सरकारले एमसीसी पारित गरेर राष्ट्रघाती काम गर्न लागेको दाबी गरेका थिए ।मंगलबार (हिजो) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे गठबन्धन सरकार मौन रहेर जनतालाई ढाँटेको भन्दै आपत्ति जनाएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु