Information is intelligence
HomeNewsसर्वसाधारणलाई कोठामै थुने मेयर द्वारिकालालले

सर्वसाधारणलाई कोठामै थुने मेयर द्वारिकालालले

- Advertisement -spot_img

इटहरी : इटहरीका मेयर द्वारिकालाल चौधरीले एक स्थानीय युवालाई नगरपालिकाभित्रको एउटा कोठामा अढाइ घन्टा थुनेका छन् ।

इटहरी– ४ का यामप्रसाद ढकाललाई मेयर चौधरीले बोलाएर नगरपालिकाको कोठा भित्र थुनेका हुन् । ढकाललाई उनले नक्शाबिना घर बनाएको भन्दै नगरपालिकामा बोलाएर थुनेका हुन् ।

ढकालका अनुसार आज बिहान ११ बजेतिर नगरप्रहरी उनको घरमै पुगेका थिए । तर उनी घरमा थिएनन् । त्यसपछि उनलाई प्रहरीले फोन गरेर तुरुन्तै इटहरी आएर मेयरलाई भेट्न उर्दी गरेको बताइएको छ । ।

त्यसपछि ढकाल घर आए र आफ्ना एक आफन्तलाई लिएर इटहरीस्थित उपमहानगरपालिकाको कार्यालयमा पुगेका थिए । त्यहाँ पुगेर मेयरलाई भेट्नासाथ उनी आफूसित जंगिएको ढकालको भनाइ छ ।

ढकालका अनुसार उनको दुई तल्ले घर ऐलानी र नम्बरी जग्गामा बनेको छ । नगरपालिकाबाट सिफारिस लिएर करिब १२ वर्षअघि बनाएको घरको लालपुर्जा आफूसँग नभएको र यसका लागि प्रयास गरिरहेको उनको भनाइ छ ।

ढकालले घर नभत्काउने अडान लिएपछि मेयर चौधरीले आक्रोशित हुँदै उनलाई अर्को कोठामा लगेर थुनिदिन प्रहरीलाई आदेश दिएका थिए । मेयर चौधरी समयसमयमा चर्चा र विवादमा आइरहने पात्र हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु