Information is intelligence
HomePoliticsओलीको सबै कुरा गयो, तर ढिपी र अहम् गएन: मिलन पाण्डे

ओलीको सबै कुरा गयो, तर ढिपी र अहम् गएन: मिलन पाण्डे

- Advertisement -spot_img

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आत्मकेन्द्रित ढिपिका कारण पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले सबै कुरा गुमाएको बताएका छन् । तर यसरी सबै कुरा गुमाउँदा पनि उनले अहंकार ढिपि भने छोड्न नसकेको बताएका छन् ।

‘एउटा आत्मकेन्द्रित मान्छेको ढिपीले कतिसम्म बिग्रिन सक्छ भन्ने ज्वलन्त उदाहरण हो– केपी ओली,’ उनले ट्विटरमा लेखेका छन्, ‘दुईतिहाइको सरकार गयो । ६ वटा प्रदेश सरकार आफ्नै थियो, गयो । शक्तिशाली कम्युनिस्ट पार्टीको १ नं. को नेता थिए, त्यो पनि गुम्यो । एमाले नै एक छैन, आफ्नै पार्टी गयो ।’

यति गर्दा पनि ओलीले नचेतेको भन्दै उनले थपेका छन्, ‘सबै कुरा गयो, तर ढिपी र अहम् गएन ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु