Information is intelligence
HomeAutoमोटरहेड एक्सचेन्ज अफर : पुरानो मोटरसाइकलमा प्रचलित मूल्य भन्दा १५ हजार बढी...

मोटरहेड एक्सचेन्ज अफर : पुरानो मोटरसाइकलमा प्रचलित मूल्य भन्दा १५ हजार बढी पाइने

- Advertisement -spot_img

काठमाडौं – मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले भक्तपुरको सल्लाघारीस्थित सोरुममा एक्सचेन्ज कार्यक्रम गर्ने भएको छ । साउन २७ देखि २९ गते सम्म संचालन हुने उक्त एक्सचेन्ज कार्यक्रममा कुनै पनि ब्रान्डका पुरानो मोटरसाइकलसँग मोटरहेडको नयाँ मोटरसाइकल साट्न सकिने छ ।

सो अवसरमा पुरै नगद रकम बुझाउदा नयाँ मोटरसाइकलको मूल्यमा १० हजार छुट प्रदान गरिने छ भने फाइनान्स गर्दा ५ हजार छुट प्रदान गरिने छ । त्यसैगरी प्रत्येक ग्राहकलाई हात खाली नजाने उपहारको रुपमा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टायर र स्पोर्ट्स रोड टायरको मुल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार पर्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु