Information is intelligence
HomePoliticsलुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुने

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुने

- Advertisement -spot_img

काठमाडौं । लुम्बिनी प्रदेशमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि लुम्बिनीमा नयाँ सरकार गठन हुन लागेको हो ।

पोखरेलको राजीनामा पश्चात् प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ३ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिसकेको छ । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत सहित सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन् ।

यसैक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धनले सरकार गठनका लागि दाबी गर्ने भएका छन् ।

गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै छन् । ८० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४१ सदस्यको आवश्यकता पर्छ।

नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ गरी गठबन्धनमा ४१ सांसद रहेका छन् । लुम्बिनीमा जसपाका ६सांसद भएको भएपनि एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै ३ सांसदलाई जसपाले कारबाही गर्दै पदमुक्त गरिसकेको छ ।

यता नेकपा एमालले भने सरकार गठनका लागि दाबी नगरी विपक्षमा रहने तयारी गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु