Information is intelligence
HomeNewsकिस्ताबन्दीमा मोबाइल पाइने

किस्ताबन्दीमा मोबाइल पाइने

- Advertisement -spot_img

किस्ताबन्दीमा मोबाइल पाइने भएको छ । हेटौंडा उपमहानगरपालिका-४ स्थित स्कुलरोडमा रहेको सिलिकोन नेपाल प्रालीले ग्राहकलाई २० हजारदेखि २ लाखसम्मको मोबाइलमा किस्ताबन्दीको सुविधा लागू गरेको सिलिकोन नेपालका सन्चालक छ्तेन्द्र आचार्यले जनकारी दिए ।

आज विहीबार हेटौंडामा प्रेस मिट गर्दै उनले ४ वटा ब्रान्डका मोबाइलमा किस्ताबन्दी योजना सुरु गरिएको बताए । एप्पल, वान प्लस, एमआई र सामसुङ ब्रान्डमा मोबाइलमा यो योजना लागू हुनेछ ।

उनका अनुसार अब ग्राहकले २० प्रतिशत डाउन पेमेन्टमा मोबाइल पाउनेछन् । त्यसको लागि हिमालयन बैंकमा खाता खोल्नुपर्ने बताईएको छ । मोबाइल खरिद गर्न हिमालयन बैंकमा खाता खोली क्रेडिट कार्ड लिनुपर्नेछ ।

किस्ताबन्दीको समय १२ महिनाको लागि हुने सिलिकोन नेपालले जनाएको छ । पछिल्लो समय किस्ताबन्दीमा ग्राहकको चाहाना र माग निकै बढेकाले हेटौंडामा किस्ताबन्दीको योजना ल्याएको सिलिकोन नेपालका संचालक आचार्यले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु