Information is intelligence
HomeSportsफिफा वरीयतामा नेपालको तीन स्थान सुधार

फिफा वरीयतामा नेपालको तीन स्थान सुधार

- Advertisement -spot_img

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको वरीयतामा सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १६८ स्थानमा उक्लिएको छ । 

यसअघि नेपाल १७१ औँ स्थानमा थियो । नेपाली टोलीले विश्वकप छनोट र एसियाकप छनोट खेलमा आफ्नो प्रर्दशनलाई सुधार गरेको थियो । नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईलाई हराएको थियो ।

नेपालले अहिले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि तयारी गरिरहेको छ  । साफ च्याम्पियनसिप अघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले भदौ १७ गते र २० गते दुई खेल खेल्ने छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु