Information is intelligence
HomeNewsभट्टराईको राजीनामा लगत्तै रेलवेले सम्झौता रद्द गर्न भारतले पठायो यस्तो पत्र (पत्र...

भट्टराईको राजीनामा लगत्तै रेलवेले सम्झौता रद्द गर्न भारतले पठायो यस्तो पत्र (पत्र सहित)

- Advertisement -spot_img

काठमाडौं । भुक्तानी नदिएको भन्दै भारतीय रेलवे कम्पनीले सम्झौता रद्द गर्न नेपालको रेलवे कम्पनीलाई पत्र पठाएको छ । कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले राजीनामा दिएकै दिन बुधबार कम्पनीले त्यस्तो पत्र पठाएको हो । 

सम्झौताअनुसार आफूले पाउनुपर्ने २० प्रतिशत रकम पटक पटक आग्रह गर्दा पनि नदिएको भन्दै कोङकण रेल्वे कम्र्पोरेशन लिमिटेडले नेपालको रेलवे कम्पनीलाई पत्र पठाएको हो । नेपाल भारतबीच जयनगर–कुर्ता रेल सेवा सञ्चालन गर्न भएको यो सम्झौता रद्द भए नेपाल आएको विगत ११ महिनादेखि थन्किएका रेलहरू कवाडीलाई बिक्री गर्नुपर्ने हुन्छ । 

पूर्वाधार तयारीविना आइपुगेका रेल सञ्चालनका लागि पूर्वाधार निर्माण गरेर दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने तयारी भइरहेको बेला कोङकणको पत्रले नयाँ तरंग ल्याउने देखिएको छ । पत्रमा आफूले सम्झौताअनुसार भुक्तानी नपाएकाले जयनगर–कुर्ता रेल सेवा सम्झौता रद्द गर्ने चेतावनी दिइएको छ । 

सम्झौताअनुसार २०२१ जुन २१ सम्ममा २० प्रतिशत अग्रिम रकम पाउनुपर्नेमा नपाएको र आवश्यक तयारीका लागि नेपाली पक्षबाट ढिलाई गर्ने काम हुँदै आएको भन्दै कोङकणले असन्तुष्टि जनाएको छ ।  नेपाल रेलवेले कर्मचारी व्यवस्थापनका लागि भन्दै दरखास्त आव्हान गरे पनि लोकसेवा आयोगले प्रक्रिया रद्द गरिदिएपछि कम्पनी समस्यामा परेको थियो । रेल सञ्चालन नहुँदा रेलको लिकका उपकरणका साथै कार्यालयका सामानसमेत चोरी भएका समाचार आएका थिए । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु