Information is intelligence
HomeFoodअण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि

अण्डाको मूल्य झण्डै दोब्बरले वृद्धि

- Advertisement -spot_img

काठमाडौं : उत्पादकहरुले एकलौटी मूल्य निर्धारण गरेपछि उपभोक्ताहरु अण्डाको मूल्यमा ठगिन पुगेका छन् । दुई महिनाको अवधिमा अण्डाको उपभोक्ता मूल्य झण्डै दोब्बरले वृद्धि भएको छ तर मूल्य बढ्नुको कारणबारे सरकार र नियामक निकाय मौन छन् ।

२० दिनअघि प्रतिगोटा १२ रुपैयाँमा बिक्री भइरहेको अण्डाको मूल्य अहिले खुद्रा बजारमा २० रुपैयाँ पुगेको छ । कुखुराको अण्डाको मूल्य हालसम्मकै उच्च भएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । तीन साताअघि प्रतिक्रेट ३६५ रुपैयाँमा कारोबार भएको अण्डाको मूल्य अहिले ४२० रुपैयाँ पुगेको संघका अध्यक्ष शिवराम केसीले बताए ।

सवारी साधन सहज उपलब्ध भएको ठाउँमा प्रतिगोटा १६ रुपैयाँसम्म अण्डाको खरिद बिक्री हुनपर्ने भए पनि २० रुपैयाँसम्ममा कारोबार भएको पाइएको उनले बताए । कोरोनाका कारण विगतमा भन्दा अण्डाको माग बढेसँगै मूल्य पनि बढेको उनले बताए ।

निश्चित व्यवसायीहरु मिलेर बजारमा अण्डाको मूल्य तोकिनु अवैध र कार्टेलिङ भए पनि सरकारी निकाय मौन बस्दा उपभोक्ता मर्कामा परेको उपभोक्ता अधिकारकर्मी माधब तिमिल्सिना बताउँछन्
‘कोरोनाका कारण पौष्टिक आहार बढाउन उपभोक्ताले अण्डाको खपत बढाएको र यहीबेला लागत पनि बढ्दा मूल्य उच्च भएको छ,’ अध्यक्ष केसीले भने । अण्डा उत्पादनका लागि गरिने लगानीको ७५ प्रतिशत हिस्सा दानामा खर्च हुने र दानाको भाउ बढेर छोइनसक्नु भएको उनको दाबी छ ।

अण्डाको संघले तोकेको मूल्य भन्दा पाँच रुपैयाँ कम रकम किसानले पाउने भएकाले मूल्य बढेर किसानलाई फाइदा पुगेको संघको दाबी छ । तर दानाको मूल्यकै कारण अण्डाको मूल्य बढेको कुरा झुट भएको नेपाल दाना उद्योग संघले जनाएको छ । पछिल्लो तीन महिना अवधिमा अण्डाको भाउलाई असर गर्नेगरी दानाको मूल्य नबढेको संघका वरिष्ठ उपाध्यक्ष शंकरप्रसाद कँडेलले बताए ।

नेपाल खुद्रा व्यापार संघका अनुसार काठमाडौं उपत्यका वितरकले एक महिनामा अण्डाको मूल्य एक बाक्सामा ८ सय रुपैयाँसम्मले बढाएका छन् । एक महिनाअघि ठूलो अण्डा प्रतिबाक्सा दुई हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेकोमा अहिले कम्तिमा तीन हजार ५० रुपैयाँदेखि ३३ सय रुपैयाँसम्म पुगेको अण्डा व्यवसायी कबिन्द्र श्रेष्ठले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु