Information is intelligence
HomeScience & Technologyअब आईओएस र एन्ड्रोइड डिभाइसबीच ह्वाट्सएपको च्याट हिस्ट्री ट्रान्सफर गर्न सकिने

अब आईओएस र एन्ड्रोइड डिभाइसबीच ह्वाट्सएपको च्याट हिस्ट्री ट्रान्सफर गर्न सकिने

- Advertisement -spot_img

चर्चित म्यासेजिङ एप ह्वाट्सएपले अब एन्ड्रोइड तथा आईओएसबीच हिस्ट्री ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराउने भएको छ ।

योसँगै यदि प्रयोगकर्ताले एन्ड्रोइडबाट आइओएस तथा आईओएसबाट एन्ड्रोइडमा आफूलाई परिवर्तन गर्न चाहेको खण्डमा ह्वाट्सएपको पुराना म्यासेज समेत सार्न सक्नेछन् ।

जसमा भ्वाइस, फोटो, भिडियो, म्यासेज लगायतका सम्पूर्ण जानकारी समावेश हुने उल्लेख गरिएको छ । यो फिचरको विषयमा लामो समयदेखि चर्चा हुँदै आएको थियो ।

तर, बुधबार साँझ आयोजना भएको सामसङको अनप्याक्ड इभेन्टमार्फत यो विषयमा थप जानकारी बाहिरिएको हो । जसमा आईओएसमार्फत कम्पनीको जेड फोल्ड थ्री र जेड फ्लिपमा ह्वाट्सएको डेटा सारिएको थियो ।

आगामी दिनमा यो फिर सबै फोनमा उपब्ध हुने उल्लेख गरिएको छ । तर, कहिलेदेखी भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु