Information is intelligence
HomeEconomyनेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/ ७९ को मौद्रिक नीति सार्वजनिक...

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/ ७९ को मौद्रिक नीति सार्वजनिक गर्दै

- Advertisement -spot_img

काठमाडाैं : नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको हो ।

आज सञ्चालक समितिमा मौद्रिक नीति पेस गर्ने र त्यसपछि सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ ।

कोरोनाका कारण प्रभावित भएका ऋणीलाई विशेष सुविधासहित मौद्रिक नीति आउने अनुमान छ । कोरोनो महामारीले शिथिल अर्थतन्त्रलाई गएको वर्षको मौद्रिक नीतिले ठूलो राहत दिएको थियो ।

यो वर्ष पनि मौद्रिक सहुलियत र सुविधा अपेक्षा गरिएको छ । तर, गएको वर्षको जस्तो यसपालि धेरै सुविधा नआउने सम्भावना छ । गएको आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो ।

तर, चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ल्याउन ढिलो भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु