Information is intelligence
HomeNewsसरकारद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिकको आवागमनमा कडाई

सरकारद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिकको आवागमनमा कडाई

- Advertisement -spot_img

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिकको आवागमनमा कडाई गर्ने भएको छ । 

कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै विमानस्थलमा रहेको नागरिक उड्डयन कार्यालयले विमानस्थलमा नागरिकको उपस्थितिमा कडाई गर्ने भएको हो । 

शुक्रवार सूचना जारी गर्दै कार्यालयले विमानस्थलमा अत्यावश्यक अवस्थामा बाहेक प्रवेश नगर्न अनुरोध गरेको छ । 

यस्तै विमानस्थलमा आवातजावत गर्दा अनिवार्य मास्कको प्रयोग गर्ने, शरीरको तापक्रमको मापन गराएर प्रवेश गर्ने जस्ता मापदण्ड लागू गरेको छ । 

कार्यालयले लाइनमा लाग्दा भिडभाड नगरी तोकिएको मार्किङ वा सांकेतिक पाइला पछ्याउन र अन्य स्थानमा रहँदा भौतिक दुरी कायम गर्न समेत आग्रह गरेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु