Information is intelligence
HomeHealthखाेप केन्द्रसम्म पुग्न नसक्नेहरूलाई घरमै पुगेर काेराेना खाेप लगाउन सर्वाेच्चकाे अन्तरिम आदेश

खाेप केन्द्रसम्म पुग्न नसक्नेहरूलाई घरमै पुगेर काेराेना खाेप लगाउन सर्वाेच्चकाे अन्तरिम आदेश

- Advertisement -spot_img

काठमाण्डाै | सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आज शुक्रवार सरकारका नाममा यो आदेश जारी गरेको हो । 

अधिवक्ता प्रवेश केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै ज्येष्ठ नागरिकलाई कोरोना खोप सहज उपलब्ध गराउन माग गरेर रिट निवेदन दर्ता गराउनुभएको थियो । 

सर्वाेच्चले खोप केन्द्रसम्म जान नसक्ने नागरिक, अस्पतालले पहिचान गरेका दीर्घ रोगी तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्ने नागरिकलाई घरमै पुगेर खोप दिन अन्तरिम आदेश जारी गरेको हो ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु