Information is intelligence
HomeSportsआर्सनलको नयाँ सिजन हारबाट शुरूवात

आर्सनलको नयाँ सिजन हारबाट शुरूवात

- Advertisement -spot_img

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलको उद्घाटन खेलमाा ब्रेन्टफोर्डले आर्सनललाई २–० गोल अन्तरले हराएको छ । गएराति एक बजे भएको खेलमा ब्रेन्टफोर्डले आर्सनलाई २–० गोल अन्तरले हराएको हो ।

ब्रेन्टफोर्डका लागि २२ औँ मिनेटमा सेर्गी कानोस र ७३ औँ मिनेटमा क्रिश्चियन नोगार्डले गोल गरेका हुन् । एलेक्सान्डर लाकाजेटी र पिएर–एमरिकबिना मैदानमा रहेको आर्सनल कमजोर देखिएको थियो ।

घरेलु मैदान ब्रेन्टफोर्ड सामुदायिक रङ्गशालामा भएको खेलमा ब्रेन्टफोर्डले बलियो टिममाथि शानदार जित निकालेर प्रिमियर लिग यात्रा थालेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु