Information is intelligence
HomeShare Bazarसानिमा लाइफको आईपीओ बाँडफाँड, यहाँ हेर्न सकिन्छ रिजल्ट

सानिमा लाइफको आईपीओ बाँडफाँड, यहाँ हेर्न सकिन्छ रिजल्ट

- Advertisement -spot_img

सानिमा लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार ५ लाख ४० हजारले १० कित्ताका दरले आईपीओ पाएका छन् ।

२४ लाख १९ हजार १ सय २७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको थियो । यो ६.८४ गुणा बढी हो ।

कम्पनीले श्रावण २० गतेबाट ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

कसरी हेर्ने रिजल्ट ?
आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केहि समय कुर्नुपर्ने हुन्छ । सार्वजनिक भएपछि कम्पनीको आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको  https://iporesult.cdsc.com.np नामक वेभसाइटबाट, प्रभु क्यापिटल लिमिटेडको वेभसाइट https://results.prabhucapital.com/ र मेरो सेयर एपमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु