Information is intelligence
HomeNewsस्याललाई बन्दुक हान्दा छोराको मृत्यु

स्याललाई बन्दुक हान्दा छोराको मृत्यु

- Advertisement -spot_img

काठमाडौं – पाल्पामा बाबुले हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका(६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीका छोरा धनबहादुर रहेका छन् । 

कर्णबहादुरले मकैबारीमा आएको एक स्याललाई भरुवा बन्दुकले हान्दा ३६ वर्षीय छोरा धनबहादुरलाई लागेको हो । 

बाबुले हानेको गोली छोराको टाउकोमा लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको ज्यान लिने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु