Information is intelligence
HomeShare Bazarमुक्तिनाथ विकास बैंकको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

मुक्तिनाथ विकास बैंकको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

- Advertisement -spot_img

मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले  १ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६२.७० प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७० करोड ७४ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अहिलेसम्म वित्तिय विवरण प्रकाशन गर्ने विकास बैंकहरुमा यो नै सबैभन्दा बढि मुनाफा हो । तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार पनि यो बैंक नेपालको इतिहासमै एक अर्ब भन्दा बढि मुनाफा कमाउने पहिलो विकास बैंक बनेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेर ८६ करोड ५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ४७ करोड ३३ लाख ६३ हजार रुपैयाँमा सिमित थियो ।

समिक्षा अवधीमा बैंकले ८६ अर्ब ९० करोड ३० लाख बढी निक्षेप संकलन गरी ७३ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा ०.४६ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर ०.२५ प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ७० करोड ४५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब २५ करोड ९३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो जुन १९.७० प्रतिशतले बढि हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ६१.५८ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ७६ शजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ८८ लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार १ अर्ब ४९ करोड ३४ लाख रुपैयाँमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९२ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५६ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४९ पैसा पुगेको छ बैंकको पीई रेसियो २७.४७ गुणा रहेको छ ।

बैंकको चुक्ता पुँजी र वितरण योग्य मुनाफालाई हेर्दा गत आर्थिक बर्षको मुनाफाबाट करिब १७ प्रतिशत भन्दा बढि लाभांश वितरण गर्ने क्षमता बैंकसंग देखिन्छ । बैंकले आफ्नो रिजर्भबाट समेत थप लरग् लगानीकर्ताहरुलाई लाभांस वितरण गर्नसक्छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु