Information is intelligence
HomeNewsसरकार इन्टरनेटकाे शुल्क घटाउने तयारीमा

सरकार इन्टरनेटकाे शुल्क घटाउने तयारीमा

- Advertisement -spot_img

सरकारले इन्टरनेटको शुल्क घटाउने तयारी गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिएका छन् ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘मोबाइल डेटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं ।’ सरकारी र निजी सेवाप्रदायक मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइने उनले जनाए । यता नियमक नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै इन्टरनेटको शुल्क देशको प्रतिव्यक्ति आएको दुई प्रतिशतमा झार्ने तयारी अगाडि बढाइसकेको छ ।

हालको ब्रोडब्याण्ड नीतिले इन्टरनेटको शुल्क देशको प्रतिव्यक्ति आयको ५ प्रतिशत हुनुपर्ने भनी उल्लेख गरेकाे छ । तर, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) ले सन् २०२५ सम्म त्यसलाई घटाएर प्रतिव्यक्ति आयको दुई प्रतिशतमा झार्नुपर्ने बताएको छ ।

त्यसैका आधारमा हाल नीतिगत सुधारको प्रक्रिया अघि बढेको प्राधिकरणले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु