Information is intelligence
HomeBrandयुनिलिभर नेपालको नाफामा वृद्धि

युनिलिभर नेपालको नाफामा वृद्धि

- Advertisement -spot_img

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म युनिलिभर नेपालले रू. ८५ करोड ४१ लाख खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्म ३५ करोड ८० लाख थियो ।

अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १३८ दशमलव ५८ प्रतिशत बढी भएको हो । गत वर्ष कम्पनीको कुल आम्दानी १ दशमलव ६० प्रतिशत बढ्दा कुल खर्च भने ७ दशमलव ३६ प्रतिशत कम भएको छ ।

यस अवधिसम्म कम्पनीले रू. ५ अर्ब ७७ करोड ८८ लाख कुल आम्दानी गरेको हो भने रू. ४ अर्ब ७३ करोड ९१ लाख कुल खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ९ करोड २१ लाख रहेको छ । जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ३३ दशमलव २४ प्रतिशत बढी रू. २ अर्ब ५० करोड ६२ लाख कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३०५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २ हजार ८२२ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु