Information is intelligence
HomeNewsसरकारले आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको छ : प्रधानमन्त्री देउवा

सरकारले आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको छ : प्रधानमन्त्री देउवा

- Advertisement -spot_img

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको बताएका छन् । कान्तिपुर इकोनमिक समिट, २०२१ को उद्घाटनका क्रममा उनले आर्थिक पुनरुत्थानका तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिमा काम गरिरहेको बताएका हुन् ।

‘सरकारले कोभिड– १९ विरुद्धको तत्कालिक, मध्यमकालिन तथा दीर्घकालिन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको छ,’ कान्तिपुर इकोनमिक समिट, २०२१ लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने ।

कोभिड- १९ ले सामाजिक र आर्थिक क्षेत्रमा प्रभाव पारेको र त्यसको न्यूनीकरणका लागि सरकारले योजना ल्याउने प्रधानमन्त्री देउवाले बताएका हुन् ।

हालका लागि सरकारको प्राथमिकता खोप रहेको पनि प्रधानमन्त्री देउवाले जोड दिए । पूर्ण मात्रामा खोप लगाएको जनसंख्या ३२ लाख पुगेको र हाल नेपालमा १ करोड १८ लाख मात्रा खोप मौज्दात रहेको जानकारी दिँदै उनले तत्कालका लागि खोपको व्यवस्थापन र आर्थिक अवस्थाको उत्थान सरकारको प्राथमिकता रहेको बताए ।

महामारीले पर्यटन र यातायात क्षेत्रमा, पार्टी प्यालेस र डिपार्टमेन्टल स्टोर लगायतको व्यापार व्यवसायमा संलग्न प्रभावित भएको भन्दै प्रधानमन्त्रीले ती क्षेत्रका मान्छेलाई खोपमा प्राथिमकता दिनुका साथै ती व्यवसायको उत्थानका लागि सरकार अगाडि आउने बताए ।

साथै सरकारले विभिन्न वर्गलाई रोजगारीका विभिन्न क्षेत्रमा लगाउने र स्रोतहरूको कार्यान्वयमा लगाउने पनि उनले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु