Information is intelligence
HomeShare Bazarतेह्रथुम पावर कम्पनी आईपीओ बाँडफाँड सम्पन्न

तेह्रथुम पावर कम्पनी आईपीओ बाँडफाँड सम्पन्न

- Advertisement -spot_img

तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले साउन ५ गतेदेखि साउन १९ गते सम्म आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि आईपीओ निष्काशन गरेको थियो । 

उक्त अवधिभर रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम साउन २९ गते बाँडफाँड सम्पन्न गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु