Information is intelligence
HomeNewsप्रधानमन्त्री देउवाले मोदीलाई दिए स्वतन्त्रता दिवसको शुभकामना

प्रधानमन्त्री देउवाले मोदीलाई दिए स्वतन्त्रता दिवसको शुभकामना

- Advertisement -spot_img

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् । देउवाले ट्वीटमार्फत भारतीय समकक्षी मोदी, भारत सरकार र भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको कामनासमेत गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘भारतका ७५औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतलाई बधाई एवं शुभकामना दिन चाहन्छु,’। भारत आइतबार १५ अगस्टका दिन ७५ औं स्वतन्त्रता दिवस मनाईरहेको छ ।

यस अवसरमा भारत सरकारले ७५ औँ स्वतन्त्रता दिवसको विशेष कार्यक्रम गरिरहेको छ । सन् १९४७ को अगष्ट १५ मा भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरि १४ अगस्ट अर्थात् भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन ‘विभीषिका स्मृति’ दिवसको रुपमा मनाउने निणर्य गरेको बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु