Information is intelligence
HomeSportsबार्सिलोना र रियल सोसिडाड भिड्दै

बार्सिलोना र रियल सोसिडाड भिड्दै

- Advertisement -spot_img

स्पेनिस ला लिगामा आज दुई खेल हुँदैछन् । स्टार खेलाडी लियोनल मेस्सी पीएसजी गएपछि बार्सिलोनाले पहिलो खेल खेल्न लागेको हो ।

बार्सा र रियल सोसिडाडबीचको खेल राति पौने १२ बजे हुँदैछ । ला लिगामा आजै सवा नौ बजे सेल्टाभिगो र एथ्लेटिको मड्रिड खेल्दैछन् । स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । रियलले डिपोर्टिभो एलाभेसलाई ४–१ ले हराएको हो । रियलको जितमा करिम बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले एक/एक गोल गरे ।

एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए । गएराति भएका खेलमा क्याडिज र लेभान्टे तथा मलोर्का र रियल बेटिसले एक/एक गोलको बराबरी तथा ओसासुना र इस्पान्योलले गोलरहित बराबरी खेलेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु