Information is intelligence
HomeNewsअफगानिस्तानमा रहेका पूर्व सुरक्षाकर्मीको समयमै उद्दार गर्न पूर्व सुरक्षाकर्मी परिषद्को माग

अफगानिस्तानमा रहेका पूर्व सुरक्षाकर्मीको समयमै उद्दार गर्न पूर्व सुरक्षाकर्मी परिषद्को माग

- Advertisement -spot_img

हाल अफगानिस्तानमा चलिरहेको आन्तरिक द्वन्दका कारण रोजगारीको सिलसिलामा अफगानिस्तान स्थित ब्रिटिस अमेरिकन, जापान,जर्मन र क्यानाडा राजदूतावासहरुमा सुरक्षार्थ करिब १००० जना भन्दा बढी पूर्व सुरक्षाकर्मीको समयमै उद्दार गर्न पूर्व सुरक्षाकर्मी परिषद्ले माग गरेको छ ।

तालिबानी लडाकुले अफगानिस्तानको राजधानी काबुल चारैतिरबाट कब्जा गरेपछि अफगानिस्तानमा रहेका विदेशीहरुलाई देश छोड्न आग्रह गरिसकेको छ। ​

आइतवार एक विज्ञप्ति जारी गर्दै परिषद्ले समयमै उद्दार हुन नसके जुन पनि बेला जे पनि हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । उनीहरुलाई सुरक्षित तरिकाले स्वदेश फिर्ता ल्याउनु राज्यको दायित्व भएकोले सम्बन्धित दुतावास र नेपाल सरकारसँग पूर्व सुरक्षाकर्मी परिषद्ले जोडदार माग गरेको छ ।

केवी राउतको संयोजकत्वमा गठन भएको पूर्व सुरक्षाकर्मी परिषद्ले पछिल्लो समय देशको हित विपरीत हुदै आएको कुराको विरोद गर्दै र खबरदारी गर्दै आएको छ । ​

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु