Information is intelligence
HomeSportsसाविक विजेता सिटी पहिलाे खेलमै पराजित

साविक विजेता सिटी पहिलाे खेलमै पराजित

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ ।

आइतबार राति भएको खेलमा सिटी टोटेनहमसँग १–० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा सनले निर्णायक गोल गरेका हुन् ।

स्टिभीनको पासमा सनले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । यस जितसँगै टोटेनहमले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । सिटीले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु