Information is intelligence
HomeSportsबार्सिलोनाको सानदार जित

बार्सिलोनाको सानदार जित

- Advertisement -spot_img

काठमाडौं : बार्सिलोनाले घरेलु लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा शानदार सुरुवात गरेको छ। 

गएराति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले पराजित गरेको हो।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २ गोल, जेरार्ड पिके र सर्जियो रोबेर्टोले एक–एक गोल गरे। रियल सोसिडाडका लागि जुलेन लोबबेटे सिन्फुइगोसले र मिकेल ओयर्जाबालले एक–एक गोल फर्काए।

खेलको १९औं मिनेटमा पिकेले मेम्फिस डिपाएको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ब्रेथवेइटले पहिलो हाफको इन्जुरी टाइमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

५९औं मिनेटमा ब्रेथवेइटले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३-० को अग्रता बनायो ।

त्यसपछि सोसिडाडले ३ मिनेट अन्तरमा दुई गोल फर्काउँदै बार्सिलोनाले प्रेसरमा राखेको थियो । ८२औं मिनेटमा युलेन लोबेटे र ८५औ मिनेटमा मिकेट ओयाजाबालले गोल गर्दै सोसिडाडले खेलमा फर्कने सम्भावना देखाएको थियो ।

तर वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका सर्जी रोवर्टोले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै बार्सिलोनालाई ४-२ को जित दिलाए ।

१७ वर्षपछि बार्सिलोनाले लिओनल मेस्सीविना लिगमा खेलेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु