Information is intelligence
HomeSportsला लिगा : एट्लेटिको म्याड्रिडकाे विजयी सुरुवात

ला लिगा : एट्लेटिको म्याड्रिडकाे विजयी सुरुवात

- Advertisement -spot_img

काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । साबिक विजेता एट्लेटिकोले आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई २–१ ले हरायो ।

सिजनको पहिलो खेलमा सहज जित निकाल्दै एट्लेटिकोले सुखद सुरुवात गरेको हो । एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रियाले दुई गोल गरे । सेल्टाका इयागो आस्पसले एक गोल फर्काए ।

खेलको २३औँ मिनेटमा कोर्रियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा इयागोले पेनाल्टीमा गोल गर्दै सेल्टालाई १–१ को बराबरीमा फर्काए । ६४औँ मिनेटमा कोर्रियाले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए ।

एट्लेटिकोका मारियो हेर्मोसो र सेल्टाका हुगो माल्लोले रातो कार्ड खाँदा दुवै टोली खलको इन्ज्युरी समयमा १० खेलाडीमा सीमित भएका थिए ।

जितसँगै एट्लेटिकोले ३ अंक जोडेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु