Information is intelligence
HomeShare Bazarबुद्धभूमीको आईपिओ आजदेखि बिक्रि सुरु

बुद्धभूमीको आईपिओ आजदेखि बिक्रि सुरु

- Advertisement -spot_img

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि आईपीओ विक्री गरेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा विक्री गरेको छ। 

रेटिङ

कम्पनीको यस आईपीओलाई इक्रा नेपाल लिमिटेडले कमजोर आधारहरुको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बि माइनस ग्रेडिङ्ग प्रदान गरेको छ ।

आवेदन दिन सकिने मिति

यो आईपीओ छिटोमा भदौ १४ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २९ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिनेछ ।

आवेदन दिने सुविधा

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु