Information is intelligence
HomeShare Bazarतेह्रथुम पावरले भदौ ९ गतेदेखि आईपीओ निष्काशन गर्दै

तेह्रथुम पावरले भदौ ९ गतेदेखि आईपीओ निष्काशन गर्दै

- Advertisement -spot_img

तेह्रथुम पावर कम्पनी लिमिटेडले यही भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । 

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । 

सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा सर्वसाधारणले भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा भदौ २३ गतेसम्म आवेदन दिन मिति लम्बिनेछ । 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु