Information is intelligence
HomeNewsकोभिड सङ्क्रमण बढ्दै गएपछि हेटौँडामा मालपोत कार्यालय र नापी कार्यालय एक हप्ताका...

कोभिड सङ्क्रमण बढ्दै गएपछि हेटौँडामा मालपोत कार्यालय र नापी कार्यालय एक हप्ताका लागि बन्द

- Advertisement -spot_img

मकवानपुर | कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई आलोपालोको व्यवस्था लागू गरेको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न  फरक फरक मितिअनुसार सेवा दिने गरि समय निर्धारण गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

नागरिकताको प्रतिलिपि र राहदानीका लागि आउँदो शुक्रवारसम्म समयसीमा तोकिएको छ भने नयाँ नागरिकताका लागि भदौ ७ गते सोमवारदेखि भदौ १२ गते शुक्रवारसम्म तोकिएको छ ।

शान्ति सुरक्षा, मुद्दा, विपद् व्यवस्थापनलगायतका अत्यावश्यक सेवा भने निरन्तर रहने जनाइएको छ । यसैबीच, बढी भीडभाड हुने हेटौँडामा रहेको मालपोत कार्यालय र नापी कार्यालयका सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

मकवानपुरमा कोभिड सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको  बैठकको निर्णयानुसार जारी निषेधाज्ञामा थप कडाइ गर्न थालिएको हो ।

मकवानपुरमा अब खाद्यान्न व्यवसाय बिहान १० बजेसम्म खुल्ने छन् भने अन्य व्यवसाय १० बजेदेखि ५ बजेसम्म खुल्ने पाण्डेले बताए । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु