Information is intelligence
HomeInternationalअफगानिस्तानमा युद्ध समाप्त भएको तालिवानको घोषणा

अफगानिस्तानमा युद्ध समाप्त भएको तालिवानको घोषणा

- Advertisement -spot_img

राष्ट्रपति भवन कब्जामा लिएसँगै अफगानिस्तानमा तालिवानले आफ्नो विजय भएको दाबी गरेको छ ।

अफगानिस्तानमा सरकार ढलेको छ भने राष्ट्रपति अशरफ घानी देश छाडेर ताजिकिस्तानतिर लागेका छन् ।

तालिवानका एक प्रवक्ताले सञ्चारमाध्यमसँग कुरा गर्दै अफगानिस्तानमा युद्ध सकिएको बताएको बीबीसीले जनाएको छ । तालिवानका प्रवक्ताले जनताले स्वतन्त्रता पाएको बताएका छन् ।

यता अमेरिकाले काबुलस्थित दूतावासमा रहेका आफ्ना सबै नागरिकको उद्धार गरेको जनाएको छ । उनले तालिवान अलगथलग भएर बस्न नचाहने भन्दै अफगानिस्तानमा कुन प्रकारको शासन हुनेछ भन्ने चाँडै स्पष्ट पारिने बताए । उनले तालिवाने शरिया काूननअन्तर्गत महिला र अल्पसंख्यकहरुको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने बताए ।

प्रवक्ता नईमले तालिवानल कसैको मामिलामा हस्तक्षेप नगर्ने र अफगानिस्तानका मामिलामा पनि हस्तक्षेप नगर्न आग्रह गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु