Information is intelligence
HomeNewsदेशका विभिन्न नदीमा जल सतह बढ्ने

देशका विभिन्न नदीमा जल सतह बढ्ने

- Advertisement -spot_img

वर्षासँगै आज देशका विभिन्न नदीमा जल सतह बढ्ने जल तथा मौसम विज्ञान विज्ञान विभागले जनाएको छ। आज कमला नदी तथा मेलम्ची एवं इन्द्रावती नदीमा बहाव बढ्नसक्ने जनाइएको छ।

विभागद्वारा जारी बाढी पूर्वानुमान बुलेटिनअनुसार सोमबार देशका केही नदीमा जल सतह उच्च हुने उल्लेख छ।

तमोर, अरुण, दुधकोशी, मेलम्ची, इन्द्रावती, सुनकोशीलगायत नदीमा बहाव बढ्ने बुलेटिनमा उल्लेख छ। त्यसैगरी, कन्काई, बागमती, पूर्वी राप्ती र तिनाउमा समेत बहाव बढ्ने विभागले जनाएको छ।

विशेषगरी कमलामा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पार गर्नसक्ने पूर्वानुमान रहेको छ। नदी तटीय क्षेत्रमा बाढी तथा डुवानको सम्भावना रहेकाले सतर्कता अपनाउनसमेत विभागले आग्रह गरेको छ।

केही खोलाहरुमा आकस्मिक बहावको सम्भावना रहेको समेत विभागको भनाइ छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु